coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा एसद्धारा ताप्लेजुङबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको नाम सिफारिस

फाइल तस्बिर।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरुको नाम सर्वसम्मत सिफारिस गरेको छ।  

जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका नेकपा एसका जिल्ला अध्यक्ष छिरिङ लामाका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ हर्क यक्सो(आठराई त्रिबेणी गाउँपालिका),कल्पना तुम्बाहाम्फे(मेरिङदेन गाउँपालिका) र मुकुन्द भट्टराई(मिक्वाखोला गाउँपालिका) रहेका छन्। यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ अम्बिका राजभण्डारी(फुङलिङ नगरपालिका),डम्बरबहादुर तुम्बाहाम्फे(मेरिङदेन गाउँपालिका) र त्रिलोचन गुरागाँई(फुङलिङ नगररपालिका)लाई सिफारिस गर्ने निर्णय भएको छ।

यस्तै प्रदेशसभा १(क)को प्रत्यक्षतर्फ शम्भु गौतम(फुङलिङ नगरपालिका),सुनिता मादेन(फुङलिङ नगरपालिका) र डालकुमार गुरुङ(फुङलिङ नगरपालिका)लाई सिफारिस गर्ने निर्णय भएको छ। प्रदेशसभा १(ख)को प्रत्यक्षतर्फ खेमबहादुर वनेम(मैवाखोला गाउँपालिका),मञ्जु पौडेल भट्टराई(आठराई त्रिबेणी गाउँपालिका) र ठाकुरसिंह नाल्वो(मेरिङदेन गाउँपालिका)को नाम सिफारिस गर्ने निर्णय भएको छ।

प्रदेशसभाको समानुपातिकतर्फ फुङलिङ नगरपालिकाका नीताकुमारी सिवा र अमर लोहार तथा आरसी पोमू(आठराइ त्रिबेणी गाउँपालिका) र देवीमाया नेपाली(मेरिङदेन गाउँपालिका)को नाम सिफारिस गरिएको लामाले जानकारी दिए। यो सँगै आउँदो प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार सिफारिस गर्ने नेकपा एस पहिलो पार्टी भएको छ।

प्रकाशित: ४ भाद्र २०७९ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App