coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हर्क साम्पाङले सार्वजनिक गरे सय दिने कार्य प्रगति विवरण

फाइल तस्बिर

धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले  सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन्।

साम्पाङले बिहीबार सामाजिक सञ्जाल मार्फत १३ बुँदामा आफूले सय दिनमा गरेका कामको प्रगति विवरण सार्वजनिक गरेका हुन्।  

उनले पहिलो बुँदामा नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन्।  

त्यस्तै ४ ठाउँबाट खानेपानीको मूहान थपेको,व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँको,६ लाख विरुवा रोपेको,सरसफाइमा देखिने सुधार ल्याएको, प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएको कुराहरु प्रगति विवरणमा उल्लेख छ।

यस्तो छ साम्पाङको सय दिनमा गरेको प्रगति विवरण

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !

२. ४ ठाउँबाट खानेपानीको मुहान थपे !

३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाए !

४. ६ लाख विरुवा रोपे !

५. सरसफाइमा देखिने सुधार ल्याएँ !

६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !

७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !

८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन !

९. लागु औषध विरुद्धको अभियान शुरु गरें !

१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !

११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !

१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !

१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !

प्रकाशित: २ भाद्र २०७९ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App