coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मंसिर ४ को चुनावमा भाग लिन ८४ दलको आवेदन (सूचिसहित)

आगामी मंसिर ४ गतेका लागि तय गरेकोे प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिन ८४ वटा राजनीतिक दलले आवेदन दिएका छन्।

निर्वाचन आयोगले २०७९ साउन २२ गते देखि २०७९ साउन ३१ गतेसम्म दल दर्ताको लागि आव्हान गरेकोमा अन्तिम दिनसम्म ८४ दल दर्ता भएका हुन्। ८४ दल मध्य ४ वटा दलले एउटै चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्न आवेदन दिएका छन्।

नेपालको संविधानको धारा २७१ मा निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने प्रावधान छ। आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएका थिए।  

यस्तै निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको भोलि (बुधबार)बाट जाँच गर्ने भएको छ। मंगलबार निर्वाचन आयोगमा दल दर्ता निवेदन गर्न पुगेका दलहरुको बारेमा जानकारी गराउँदै आयोगले यस्तो बताएको हो।  

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको निवेदन दिएका सबै दलहरुको भोलिबाट जाँचपरक गर्ने, हेर्ने, कानून बमोजिम छन् कि छैनन् प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन भन्नेकुराको परीक्षण सुरु हुने आयोगले जनाएको छ।

 

 

 

 

 

 

 

प्रकाशित: ३१ श्रावण २०७९ १५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App