७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रपतिले प्रधानमन्त्रीसँग परामर्श गरेर नागरिकता विधेयक संसदमा फिर्ता पठाएको एमालेको दाबी

फाइल तस्बिर।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि परामर्श गरे नागरिकता विधेयक फिर्ता पठाएको दाबी गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने, ‘राष्ट्रपतिले नागरिकता विधेयकमा फेरि छलफल गर्ने मौका दिनुभएको छ,’ उनले भने, ‘यसलाई एमालेसँग जोडेर होइन, सिङ्गो मुलुकको भावना बुझेर कानूनविदसँग परामर्श गरेर र मैले सुनेअनुसार स्वयम् प्रधानमन्त्रीसँग पनि परामर्श गरेर संसदमा पठाउनुभएको छ।’

उनले राष्ट्रपतिलाई विवादमा ल्याउन खोजिएको भन्दै आपत्ति जनाए। नागरिकतासम्बन्धी अध्यादेश र विधेयक एउटै नभएकाले यस विषयमा राष्ट्रपतिजस्तो गरिमामय पदलाई विवादित बनाउन नहुने बताए।

प्रकाशित: ३१ श्रावण २०७९ ०६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App