८ वैशाख २०८१ शनिबार
राजनीति

बाबुराम र वामदेव गौतम पनि माओवादीकै चिन्हबाट चुनाव लड्ने

नेकपा (माओवादी केन्द्र) ले संसदीय चुनावमा बाबुराम भट्टराई र वामदेव गौतमलाई हँसिया हतौडा चिन्हबाट चुनाव लड्न स्वीकृति दिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले नेपाल समाजवादी पार्टी अध्यक्ष भट्टराई र वामवन्थी अभियानमा लागेका गौतमलाई आफ्नो चुनाव चिन्हमा लड्न स्वीकृति दिएको प्रवक्ता कृष्णबहादुर महराले बताए।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह हँसिया  हतौडामा चुनाव लड्नको निमित्त स्वीकृति दिएको बताए। उनले दुवै नेताले राखेका केही शर्तहरुका बारेमा भने बुधवार छलफल हुने बताए।  उनले नेता भट्टराई र गौतमले राखेको शर्तका बारेमा गठबन्धन भित्रपनि छलफल गरेर टुंगो लगाउने निर्णय भएको बताए।  

उनले भने, ‘नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बसेको छ। हामी भोलि बिहान फेरि बैठक बस्छौँ। राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम, अर्को पार्टीको बाबुराम कमरेडले हाम्रो नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्हबाट आगामी संसदीय चुनाव लड्ने विचार व्यक्त गर्नुभयो। त्यसको हामी स्वागत गर्दछौँ। हामी उहाँहरु दुवै जनालाई उहाँहरुका पार्टीका अन्य सदस्यहरुलाई पनि नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह, हसिया हतौडामा चुनाव लड्नको निमित्त स्वीकृति ग¥यौं । उहाँहरुले राखेका केही शर्तहरु छन्। ती शर्तको विषयमा उहाँहरुसँग छलफल गर्ने, गठबन्धन भित्रपनि छलफल गरेर टुंगो लगाउने कुरा भएको छ।’

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको अर्को बैठक बुधवार बिहान बस्नेछ।  

प्रकाशित: ३१ श्रावण २०७९ ०५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App