७ वैशाख २०८१ शुक्रबार
राजनीति

नागरिकता विधयेक फिर्ता पठाएको भन्दै राष्ट्रपतिविरुद्ध विरोध प्रर्दशन र पुत्ला दहन

दुबै सदनबाट पारित गरी प्रमाणीकरणकालागि पठाइएको नागकिरता विधेयक फिर्ता गरेको भन्दै जनता समाजवादी पार्टी नेपालले कपिलवस्तुको तौलिहवामा विरोध प्रर्दशन गरेको छ। पार्टीका नेता कार्यकर्ताहरुले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण नगरी १३ दिनसम्म झुलाएर पुनः फिर्ता पाठएको भन्दै राष्ट्रपतिको पुत्ला दहन समेत गरेको थिए। 

प्रशासन कार्यालयको गेटअघि  राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी गर्दै उनीहरुले राष्ट्रपतिको सो कदमको घोर विरोध गरेका थिए। जली रहेको पुत्ला भने प्रहरीले हस्तक्षेप गरी केही बेर मै निभाएका थिए। पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले एमालेको पालामा सो विधेयक ल्याउँदा तुरुन्तै पास गर्ने तर अहिले दुबै सदनले पास गरे पनि राष्ट्रपतिले विधेयक फिर्ता गर्नू खेदजन कुरा भएको बताए। 

नागरिकता पाउनु नागरिको नैसर्गिक अधिकार रहेको तर राष्ट्रपतिले त्यसको ख्याल नगरी विधेयक फिर्ता गरेको उनले बताए। सो अवसरमा पार्टीको प्रदेश उपसंयोजक अब्दुल रसिद खाँले राष्ट्रपतिले अमुक पार्टीलाई काखी च्यापेर विधेयक फिर्ता गरेको आरोप लगाए। उनले नागरिकताविहीनहरुलाई यथाशक्य चाँडै नागरिकता दिनुपर्ने बताए। त्यसो नगरिए पार्टी आन्दोलनमा जान बाध्य हुने उनले चेतवानी दिए। 

यस्तै सो पार्टीले प्रजिअ धर्मेन्द्र कुमार मिश्रमार्फत सोही विषयमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन्। पार्टी अध्यक्ष शैलेन्द्र कुमार यादव, नेता अब्दुल रसिद खा, पार्टी नेता तथा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडलको अगुवाईमा ज्ञापन पत्र बुझाइएको थियो। ज्ञाप पत्रमा दुबै  सदनबाट पारित भए पनि अति आवश्यक सो विधेयक राष्ट्रपतिले फिर्ता गर्नु दुःखद कुरा भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। 

नागरिकले नागरिकता पाउनु नैर्सिगक अधिकार भएको भन्दै राष्ट्रपतिको सो कदमको घोर भत्सर्ना गरिएको छ। उता राष्ट्रपतिको सो कदम प्रति विरोध जनाउदै लाकतान्त्रिक समाजवादी पार्टीले समेत प्रशासन कार्यालय अगाडी विरोध प्रर्दशन गरेका थियो। 

लोसपाका जिल्ला अध्यक्ष कैलाश अग्रहरी, नेता मधुसुदन चौधरी,नेता तथा सुद्धोदन गाउपालिकाका अध्यक्ष कमलेशशरण चौधरी लगायतका नेताहरुले राष्ट्रपतिविरुद्ध चर्का नारा समेत लगाएका थिए। 

प्रकाशित: ३० श्रावण २०७९ १४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App