८ वैशाख २०८१ शनिबार
राजनीति

झुठा आश्वासन बाढेर राजनीतिक गर्नेको हिसाब-किताब गर्ने दिन आए: रवि लामिछाने

राजनीतिक अस्थीरताका कारण देशमा समस्या सृजना भएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष  रवि लामिछानेले बताएका छन्। उनले राजनीतिक अस्थीरताकै कारण नेताहरुले जनताको पसिनामा रजाई गरीरहेकाले गर्दा त्यस्ता ठीक लगाउनुपर्ने चेतावनी दिए।  

‘पछिल्ला दिनमा राजनीतिक अस्थिरताको कारण चिकित्सकले बिरामी जाँच गर्दा पनि कुन दल वा पार्टीको भनेर जाँच गर्ने दिन आउन सक्ने खतरा भइसक्यो,’ संगठन विस्तार गर्ने क्रममा  सोमबार इटहरी आएका लामिछानेले भने, ‘झुठा आश्वासन बाढेर राजनीतिक गर्नेको अब हिसाब–किताब गर्ने दिन आए।’ उनले युवापुस्तालाई आफ्नो पार्टीमा आबद्द हुन आह्वान पनि गरे।

‘अब देशमा युवाको खाँचो छ,’ उनले भने, ‘आउनुहोस्, स्वतन्त्र राष्ट्रिय पार्टीमा आबद्द हुनुहोस्। पार्टीको माथिल्लो तहसम्म अवसर पाउनुहुनेछ।’ उनले ठूला राजनीतिक दलले युवालाई माथिल्लो तहसम्म पुग्न नदिएरै युवापुस्तामा राजनीतिप्रति वितृष्ण जागेको पनि दावी गरे।

प्रकाशित: ३० श्रावण २०७९ १४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App