१६ चैत्र २०८० शुक्रबार
राजनीति

मेयर साहकाे प्रश्न: स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ?

फाइलतस्बिर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सत्तारुढ दलहरुका स्थानीय नेताहरु र विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुलेको अगुवाइमा गरिएको सडक अवरुद्धका कारण फोहोर लैजाने कुरा आज पनि असहज भएको बताएका छन्।

उनले यस समस्या सतही मात्रै भएको र अन्य गहिरा र अलग्गै कारणहरु पनि रहेको बताएका छन्। 'राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ २ सय भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ?' उनले आफ्नो फेसबुकमा लेखेका छन्। यहाँ केही कमजोरी, केही गल्ति भएकै छ। सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन।  यसका लागि केही समय भने पक्कै लाग्छ। सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगीताका लागि महानगर संवेदनशील छ। हामी आफूले गरेका सहमतिहरुको पालना गर्नेछौँ। सबै पक्षबाट हामी त्यही किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ। व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नु पर्ने होइन, फोहोरको हो', उनले लेखेका छन्।

साहले आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भ्रम भएको बताए। 'कसैलाई हराउने खेलमा महानगर छैन सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर रहेको छ' उनले भने।  

आज २०० भन्दा बढी प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरेडाँडा लगिएको थियो। केही समूहबाट लुक्दै गुलेली हान्दा केही समयको लागि अवरोध सिर्जना भएको थियो। आज बञ्चरेडाँडामा  २०३ मात्र फोहोरका गाडीहरु लान सकिएको महानगरले बताएको छ। 

प्रकाशित: ३० श्रावण २०७९ १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App