coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

फाेहाेरमा राजनीति गरेर बालेनलाई हराउने खेल हुदैंछ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने फोहोरको व्यवस्थापन गर्न नदिएर, फोहोर माथि चरम राजनीति गरि बलेन शाहलाई बदनाम गर्ने खेल भएको बताएका छन्। प्रदेश नं १ इटहरीको प्रदेश भेलामा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले स्वतन्त्रबाट वा नयाँ आएकाहरुले केही गर्न सक्दैनन् भन्ने प्रमाणित गर्नका निमित्त बलेनलाई बदनाम गर्ने खेल भएको बताए। 'जनताले सम्बोधन गरेर, आँट गरेर, साहस गरेर जिताएर पठाएकाहरुहरुलाई असफल पार्ने साँधकाट गरिएको छ' उनले भने।

'कुनै पनि हालतमा बालेनलाई असफल हुन दिनेछैनाैं, हामी त्यसका लागि जे गर्न पर्छ तयार छौं, यदि हर्कहरु बालेनहरु असफल भए भने अरु स्वतन्त्रहरुले पनि केही गर्न सक्दैनन् भन्ने बनाउन घिन लाग्दो राजनीति खेल सुरु भइसकेको छ', उनले भने।

लामिछानेले जनताले आशा गरेर जिताएर पठाएका युवा राजनीतिज्ञहरुको सफलताको लागि पनि राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा जानै पर्ने बताए। 

प्रकाशित: ३० श्रावण २०७९ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App