coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

हामी मंसिर ८ गतेसम्मका मात्रै हौं: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव रहने बताएका छन्।

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। उनले कुनैपनि देशको भाषा, संस्कृति, कला, संगीत क्षेत्र देशका लागि गहना भएको भन्दै यसलाई संरक्षण र संवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताए। 

प्रधानमन्त्री देउवाले नेपाली साहित्य, संस्कृति र कलालाई राष्ट्रिय स्तरमा परिचित गराउन अन्तर्राष्ट्रिय समान प्रकृतिका प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्न जरुरी रहेको बताए। उनले कुनैपनि देशको विकासलाई भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताए। उनले देशको साहित्यिक र सांस्कृतिक क्षेत्रलाई सदृढ गर्नुपर्ने आजको आवश्यक्त रहेको बताए। 

प्रधानमन्त्री देउवाले उपत्यकाभित्र बसोवास गर्ने प्रत्येक जाति र संस्कृतिसँग जोडिएका अनगिन्ती सामग्रीहरु विशिष्ट सम्पदा भएकोले यिनको खोजी गरी प्रकाशन गर्नु आजको प्रमुख आवश्यक्ता भएको बताए। प्रतिष्ठानले नेपाल चिनाउने ग्रन्थ प्रकाशनका क्रममा ‘नेपाल दर्पण’ परियोजनाअन्तर्गत मधेस प्रदेशको दर्पण चाँडै प्रकाशन हुन लागेको र महाकवि लक्ष्मीप्रसाद देवकोटाको संग्रहालयको चाँडै उद्घाटन गर्न लागिएको भन्दै खुसी व्यक्त गरे। 

सो अवसरमा प्रधानमन्त्री देउवाले प्रज्ञा प्रतिष्ठानको ‘इबुक एप’ को पनि शुभारम्भ गरेका थिए। प्रधानमन्त्री देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताए। 

प्रकाशित: ३० श्रावण २०७९ ०९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App