११ आश्विन २०७९ मंगलबार
राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेकाे हाे।

आजको बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य, आसन्न निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने भएकाे छ।

यसअघि आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा डा. भट्टराईले माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने सहमति जनाएका थिए। उक्त मौखिक सहमतिलाई आजको बैठकमा लिखित रुपमा औपचारिकता दिइने बताइएको छ। 

प्रकाशित: ३० श्रावण २०७९ ०९:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App