८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्छ: वरिष्ठ नेता पौडेल

फाइल तस्बिर

 नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण  गर्नुपर्ने बताएका छन्।  प्रेस युनियन चितवनले भरतपुर बिमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेललेनागरिक विधेयक राष्ट्रपतिले रोक्न नमिल्ने  जिकिर गरे।  

'राष्ट्रपतिले किन अलमल गरिरहनुभएको छ। मैले बुझ्न सकेको छैन' उनले भने,'संसदले पारित गरि पठाएको बिधेयक अलमल नगरि स्विकृत गर्नुपर्छ।' बिधेयक ठीक रहेको जिकिर गर्दै पौडेलले फिर्ता गर्ने हो भने औचित्य पुष्टि गर्न सक्नुपर्ने चूनौती दिए।

पार्टीमा देखिएको अन्तरसंघर्षका बारेमा वरिष्ठ नेता पौडेलले कसैले कसैलाई पेल्न नहुने बताए। 'यो पक्ष र उ पक्षतिर अहिले लाग्नुहुन्न उनले भने, 'पार्टीभित्रै यो पक्ष, त्यो पक्ष भन्दा दुरी बढ्छ। त्यसले हित गर्दैन।'  

आन्तरिक बिवाद समाधान गर्दै आसन्न संघ र प्रदेशको चुनाबमा काँग्रेसले काँग्रेस जिताउने अभियान चलाउनुर्ने बताए।  आसन्न निर्वाचनमा औचित्यको आधारमा उमेदवारी तय गर्नुपर्ने धारणा पौडेलले व्यक्त गरेका छन।

उनले मंसिरमा हुने संघीय र प्रदेश निर्वाचनमा पाँच दलीय गठबन्धन  राजनैतिक संकट टार्न गरिएको  बताए। तालमेल गरेर जानुपर्ने आवश्यकता अनुसार कांग्रेसले गठबन्धनको निर्णय गरेको उनले स्पष्ट परे।

प्रकाशित: २९ श्रावण २०७९ ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App