coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'गठबन्धन तालमेलको विषय सहमतिको नजिक पुगेको छ'

सत्तारुढ गठबन्धनको तालमेलको विषय टुंग्याउन गठित कार्यदलले तालमेलको विषयमा सैद्धान्तिकरुपले सहमतिको नजिक पुगेको बताएको छ।  

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको हो। कार्यदल सदस्य तथा नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले तालमेलका लागि सहमतिको मोडालिटी तयार गर्ने काम सकारात्मक रुपले अगाडि बढेको बताए। 

बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले तालमेलको विभिन्न मोडालिटीको बारेमा छलफल भएको जानकारी दिए। उनले चालु सदनमा सांसदहरुको सिटको आधारमा सहमति खोज्ने विषयमा कुराकानी भएको बताए। नेता गुरुङले कार्यदलको आगामी बैठक भदौ ३० गते बस्ने जानकारी दिए।

प्रकाशित: २६ श्रावण २०७९ १५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App