७ वैशाख २०८१ शुक्रबार
राजनीति

देश बनाउनका लागि कल्पना र सपना चाहिन्छः नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताउँदै देश बनाउनका लागि भावना, कल्पना र सपना चाहिने उल्लेख गरेका छन्।

बिहीबार नेपाल सांस्कृतिक संघले आयोजना गरेको नेपाली काँग्रेस र साहित्य विषयक विचार गोष्ठिमा बाेल्दै नेता पौडेलले साहित्यले देश बनाउने प्रेरणा जगाउने बताएका हुन्।

उनले साहित्यले मानिसलाई काम गर्ने प्रेरणा पनि जघाउने भएकाले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताए। कला र साहित्यको अवमूल्यन गरेमा प्रगति गर्न नसकिने र नेपालको पहिचान नै समाप्त हुने उनको भनाइ छ।

उनले भने, ‘साहित्यले मान्छेलाई काम गर्ने प्रेरणा जगाउँछ। देश बनाउने, राष्ट्र बनाउने प्रेरणा जगाउँछ। साहित्य र कलाको महत्व हामीले अवमूल्यन गर्नुहुन्न। साहित्य र कलालाई हामीले मिनिमाइज गर्‍यौं भनेदेखि वास्तवमा हामी ‘हामी’ हुन सक्दैनौँ। हामीले केही प्रगती गर्न सक्दैनौँ। हाम्रो पहिचान नै समाप्त हुन्छ। कल्पनाशिलता, भावुकता, हृदयमा भावना, कल्पना र सपना भएन भने देश बन्दैन। देश बनाउनलाई भावना, कल्पना र सपना चाहिन्छ।’

प्रकाशित: २६ श्रावण २०७९ १२:२२ बिहीबार

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल कला र साहित्य नेपाल सांस्कृतिक संघ