coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओलीको संयोजकत्वमा एमालेले गठन गर्‍यो निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) ले मंसिर ४ मा हुने चुनावको तयारीका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। 

उपमहासचिव पृथ्वीसुब्बा गुरूङका अनुसार आज बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो। 

परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेछन्। परिचालन कमिटीमा जनसंगठनका अध्यक्ष र महासचिव सहित केन्द्रीय विभागका सचिव रहने छन्।

प्रकाशित: २६ श्रावण २०७९ १२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App