१६ चैत्र २०८० शुक्रबार
राजनीति

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

चीन भ्रमणमा रहहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन्।

मन्त्री खड्का र विदेशमन्त्री वाङबीच आज साँझ चीनको चिङ्दाओमा सौहार्दपूर्ण र फलदायी भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुवै मन्त्रीहरुले नेपाल–चीन सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै आपसीहितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमत भएका छन्।

मन्त्री खड्का चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा यही साउन २४ देखि २६ गतेसम्म (अगस्ट ९देखि ११ सम्म) चीनको भ्रमणमा गएका हुन्।

मन्त्री खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति चीन प्रस्थान गरेका थिए। मन्त्री खड्का तीनदिने भ्रमण सम्पन्न गरी साउन २६ गते काठमाडौँ फर्कने मन्त्रालयले जनाएको छ।

प्रकाशित: २५ श्रावण २०७९ १५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App