७ वैशाख २०८१ शुक्रबार
राजनीति

चितवन क्षेत्र नं ३ बाटै चुनाव लड्छु: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चितवन क्षेत्र नं ३ बाटै चुनाव लड्ने बताएका छन्।

जापान भ्रमणमा रहेका प्रचण्डले नेपाली पत्रकारहरुसँग कुरा गर्दै उक्त कुरा बताएका हुन्।

उनले भने, तपाईंहरू ढुक्क हुनुस्,चुनाव चितवनबाटै लड्छु त्यो पनि क्षेत्र नं ३ बाटै लड्छु।साथै उनले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता नगर्ने विश्वास समेत व्यक्त गरेका छन्।

उनले भने, ‘त्यत्रो समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिले फिर्ता गर्नुहुन्छ भन्ने विश्वास म गर्नै चाहन्न। र उहाँले गर्नुहुन्न।’ पाँच दिने जापन भ्रमणका रहेका उनी बुधबार नेपाल फर्किंदै छन्।

प्रकाशित: २४ श्रावण २०७९ १४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App