coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भ्रमणमा रहेका दाहालले भेटे जापान सत्तारुढ दलका नेता

पाँच दिने जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टी (एलडिपी) का पूर्व महासचिव, एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निकाइसँग भेटवार्ता गरेका छन्।

टोक्योस्थित सत्तारुढ दल(एलडिपी)को कार्यलयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुदेखि स्थानीय नगरहरुबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पूर्वधार लगायतको क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै लैजाने विषयमा छलफल केन्द्रित भएको बताइएको छ।

पूर्व महासचिव एव वरिष्ट नेता निकाइसँगको भेटले नेपाल र जापान विचको सम्बन्ध अझै प्रगाढ बनाएको अध्यक्ष प्रचण्डले बताएका छन्। भेटमा नेपाली राजदूत दुर्गा बहादुर सुवेदी, उपनियोग प्रमुख अम्बिका जोशी सहित एनआरएनए का पूर्व अध्यक्ष भवन भट्ट र जनप्रगतिशील मन्च जापानका अध्यक्ष भवानी पन्त सहभागि थिए। अध्यक्ष प्रचण्ड बुधबार नेपाल फर्कने कार्यक्रम छ। 

प्रकाशित: २४ श्रावण २०७९ १०:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App