coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवा संसदप्रति जवाफदेही नभएकाे आराेप

नेकपा (एमाले)का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैं संसदप्रति जवाफदेही नभएको आरोप लगाएका छन्।

पूर्वगृहमन्त्री समेत रहेका सांसद अधिकारीले महिनाको २ पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भएपनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको उल्लेख गर्दै आपत्ति समेत जनाए। 

उनले सत्तापक्ष र सरकार संसदप्रति जवाफदेही नभएकाले महिलाहरुको समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल पनि ओझेलमा परेको दावी गरे। मंगलबार आगामी प्रदेशसभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद अधिकारीले आफ्नो पार्टी राज्यका हरेक निकायमा महिलाहरुको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउन निरन्तर लागि रहेको बताए। 

उनले भने, ‘प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ मा महिनाको दुई पटक प्रत्यक्ष प्रधानमन्त्री संसदमा उपस्थित भएर प्रश्नोत्तर कार्यक्रम गर्नुपर्ने एक घण्टाको समय छ। संसदप्रति सरकार, सत्तापक्षनै जवाफदेही छँदैछैन सभामुख महोदय। अनि अहिले हामीले अरन्यरोदन गरेर के हुन्छ? सत्तापक्ष नै स्वमय तयार छैन। अहिलेसम्म सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएदेखि यो कार्यक्रम सुरु भयो? त्यसकारण हामीले यो महत्वपूर्ण छलफल त गरेका छौं। यसको सम्मान त हामी गर्छौं। तर यो कार्यान्वयन हुन्छ? कार्यान्वयन हुनेगरी ल्याइएको छ? अहिले त कानुन बन्ने, बनाउने हक छ हामी कहाँ? हाम्रो पार्टीनै हो महिलाहरुको प्रतिनिधित्वलाई समानुपातिक बनाउन निरन्तर लाग्ने हाम्रो पार्टी नै हो।’

सांसद अधिकारीले महिलाहरुसँग क्षमता भएकाले उनीहरुलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी बढाउने कुरामा आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि बताए।

प्रकाशित: २४ श्रावण २०७९ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App