६ वैशाख २०८१ बिहीबार
राजनीति

'दलितका नागरिकतामा कुकुर, कुकुर्नी,नाम राखिदिनेको हात भाँच्नु पर्छ कि पर्दैन?'

नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन माग गरेका छन्।

सोमबारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सुनारले दलित समुदायका व्यक्तिहरुलाई नागरिकता लिदाँ अपमानपूर्वक नाम राखिएको भन्दै आपत्ति जनाए। 

उनले दूरदराजका दलित समुदायका व्यक्तिहरुको नाम तत्कालिन प्रशासनले विगारिदिएको भन्दै उनीहरुको नाम सच्याउन गृहमन्त्रीसँग माग गरे। सांसद सुनारले यस्तो त्रुटीहरुको खोजी गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरुलाई पनि आग्रह गरे। 

उनले भने, ‘यस्तो पनिनागरिकता हुन्छ ? यस्तो पनि लेख्न मिल्छ? ति हाकिमहरु, ति फटाहाहरु यो देशमा एकथरि मान्छेलाई कति घृणा गर्न उद्यत हुँदा रहेछन् त? कति अपमान गर्न उद्यत हुँदा रहेछन् त? कति उनीहरुलाई खिस्सीट्युरी गर्ने, घृणा गर्न, अपमान गर्न चाहँदा रहेछन् त? नागरिकता लिन जाँदा ति हाकिमहरुले केरकार गर्ने, सोधपुछ गर्ने गर्दछन्। अहिले पनि गर्दछन्। त्यो बेलामा पनि गरे होलान्। किन यस्तो नाम लेखेको किन भनेनन्? नागरिकतामा कुकुर, कुकुर्नी, फ्याउरो नाम राखिदिनेको हात भाँच्नु पर्छ कि पर्दैन? दूरदराजका जनतालाई नागरिकता दिँदा त्यस्तो लेख्न मिल्छ? त्यस्तो कागजमा सही गर्नेको हात भाच्नुपर्छ कि पर्दैन?'

उनले नागरिकतामा गलत नाम लेखिदिएर दलित समुदायको स्वाभिमान माथि अपमान भएको बताए।

प्रकाशित: २३ श्रावण २०७९ १०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App