coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जापानबाट दाहालले भने: हामी कराेडपति नै भएपनि दुनियाँमा अझै गरिब भनेर चिनिन्छाैं

जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली अझैपनि दुनियाँमा गरिब देशकाे भनेर चिनिने बताएका छन्।

नेपाली जनप्रगतिशील मञ्च जापानले आयोजना गरेको ‘समृद्ध नेपालको आधारः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ नामक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।

उनले भने,'अझैपनि दुनियाँमा हामी गरिब देशकाे भनेर चिनिन्छौं। कुनैपनि देशमा बसेर राम्रो आम्दानी गर्न सकिन्छ करोडपति हुन सकिन्छ तर  नेपाली भनेपछि गरिब नै हो भनेर चिनिन्छ। गरिब देशको मान्छेलाई गरिने व्यवहार र  धनी देशका गरिबलाई गरिने व्यवहार फरक पर्छ। नेपाल भन्ने देश गरिब नै रह्यो भने हामीले सोचे जस्तो जीवन परिकल्पना गर्न सक्दैनौं'

प्रकाशित: २२ श्रावण २०७९ ११:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App