४ वैशाख २०८१ मंगलबार
राजनीति

‘तेस्रो ध्रुव कांग्रेस र एमाले दुवैविरुद्ध हुनसक्छ’

पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल। तस्बिर : उमेश पुन /नागरिक

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तेस्रो ध्रुव निर्माण गरिने बताएका छन्। समाजवादी प्रेस संगठन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेतरहेका नेकपा एसका अध्यक्ष नेपालले कांग्रेसर एमालेलाई टक्कर दिन गठबन्धनमा आवद्ध साना दलहरूको छुट्टै गठबन्धन बनाएर तेस्रो ध्रुव निर्माण गरिने बताएका हुन्। 

तेस्रो ध्रुवमा सत्तारुढ गठबन्धनमारहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी,राष्ट्रिय जनमोर्चालगायतका दलहरू हुने उनले स्पष्ट पारे। तर तेस्रो ध्रुवको नाम समाजवादी केन्द्र नै भनेर नभनिएको उनले स्पष्ट पारे। कांग्रेस नेताहरूले तेस्रो ध्रुव कुन दलविरुद्ध हो भनेर प्रश्न गरिरहेका छन् नि भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘त्यो कांग्रेसर एमाले दुवैका विरुद्ध पनि हुनसक्छ। एमालेविरुद्ध त हुँदै हो तर कांग्रेस भित्र पनि अहंकार, नटेर्ने प्रवृत्ति, एकल स्वार्थ मात्रै देखियो भने त्यसविरुद्ध पनि हुन सक्छ।’

नेपालले गठबन्धन दलहरूबीच मिलेर जाने सहमति भइसकेको बताए। तर कसले कति सिट पाउने भन्ने निर्णय भने नभएको स्पष्ट पारे। सिट बाँडफाँटको बारेमा छलफल भइरहेकोर चाँडै टुंगिने उनले बताए। गठबन्धन गरेर चुनावमा जान कांग्रेसले अन्य पार्टीहरूलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो। ‘कांग्रेस भित्रपनि दम्भ, अहंकार, एकल स्वार्थ पलाएको देखिन्छ। कांग्रेसले अन्य दलहरूलाई सम्मान गर्न सक्नुपर्छ। एकल स्वार्थ त्यागेर सामूहिक स्वार्थका लागि लाग्नुपर्छ,’ उनले भने। 

उनले कांग्रेसले सम्मान गरेन भने तेस्रो ध्रुव बनाएर चुनाव लड्ने बताए। त्यसैले आफूले कार्यकर्तालाई पहिलेजस्तो गठबन्धनको आशा गरेर नबसी एक्लै चुनावड लड्नेगरी तयारी गर्न निर्देशन दिइसकेको उनले बताए। उनले भने, ‘स्थानीय चुनावमा भएको धोकाले हाम्रो पार्टी झस्किएको छ। मिलेर जाने भनियो, त्यही भएर हामीले अधिकांश ठाउँमा उम्मेदवारी दिएनौं तर पछि कांग्रेसले सहमतिविपरीत उम्मेदवार उठाउँदा हामीले सोंचेजस्तो परिणाम आएन।’ तर यसपटक त्यस्तो नहुने उनले बताए। ‘पहिलेजस्तो बेहाल नहोस् भन्नेमा हामी सचेत छौं। पर्‍यो भने एक्लै चुनाव लड्ने हो।

अध्यक्ष नेपालले कांग्रेससँग गठबन्धन नभएपनि एमालेसँग गठबन्धन वा एकता नहुने बताए। गठबन्धनर एकताका लागि एमालेले नै ढोका बन्द गरेको हो, ’उनले अगाडि भने, ‘हामी माधव नेपाल, प्रचण्ड, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सबैराष्ट्रघाती, देशद्रोही। अनि महान देशभक्तसँग एकतार गठबन्धन हुन्छ वा हुँदैन ? एकता वा गठबन्धनको ढोका हामीले होईन, एमालेले नै बन्द गरेको हो।’

अध्यक्ष नेपालले आफ्नो पार्टीको भविष्यराम्रो भएको दाबी गरे। कार्यकर्तालाईराम्रोसँग परिचालन गर्नेर मतदाताहरूलाई प्रशिक्षित गराउने हो भने आफ्नो पार्टीले सम्मानजनक सिट जित्ने उनको भनाइ छ। उनले आगामी चुनावबाट केपी ओलीर एमाले समाप्त हुने ठोकुवा गरे। ‘केपी अबको चुनावबाट समाप्त हुँदैछन्। त्यही भएर एमालेका नेता, कार्यकर्तालाई नेकपा एकीकृत समाजवादीमा आउन आह्वान गर्दछु,’ उनले भने।

अध्यक्ष नेपालले आगामी चुनावमा आफू प्रत्यक्ष चुनाव लड्ने बताए। तर काठमाडौं हुन्छ किरौतहट भन्नेबारेमा निर्णयमा नपुगेको उनले स्पष्ट पारे। ‘प्रत्यक्ष चुनाव लड्ने हो, लड्ने हो, लड्ने हो। तर कहाँ लड्ने भन्नेबारेमा स्थानीयसँग छलफल गरेपछि निर्णय गर्छु,’ उनले भने।

अध्यक्ष नेपालले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गरेर आफूहरूले नेपाललाई विदेशीको खेल मैदान हुनबाट जोगाएको बताए। केपी ओलीर शेरबहादुर देउवाले एमसिसी हुबहु पास गर्न खोजे पनि आफूहरूले व्याख्यात्मक टिप्पणीसहित पास गरेर देशको हितमा काम गरेको उनको  दाबी थियो।  

‘सर्पपनि मरोस्, लठ्ठी पनि नभाँचिओस् भन्ने हिसाबले एमसिसी पास गरेका हौं’–उनले भने। उनले नागरिकता विधेयक पास हुनुराम्रो भएको बताए। तर विवाह गर्नेबित्तिकै बुहारीलाई नागरिकता दिने कुरामा आफ्नो पार्टीको सहमति नरहेको उनको भनाइ छ। विदेशमा पनि विवाह गरेको ७ वर्षपछि मात्रै बुहारीलाई नागरिकता दिने प्रावधानरहेकाले त्यो प्रावधान नेपालमा पनिराख्नु उपयुक्त हुने उनले बताए।

प्रकाशित: २२ श्रावण २०७९ ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App