coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउँछु: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जापानको फुकुओका शहरमा आयोजित १०औँ नेपाल फेस्टिभलको उद्घाटन गरेका छन्। बिहान १० बजेबाट साँझ ६ बजेसम्म आयोजना हुने फेस्टिभलको दिउँसो ४ बजे उनले उद्घाटन गरेका हुन्।

कार्यक्रममा बोल्दै दाहालले प्रवासी नेपालीहरूको रहेका योगदानले देशको अर्थतन्त्रलाई अगाडि बढाउन ठूलो भूमिका खेलेको बताए। प्रवासी नेपालीहरूले विदेशमा हाँसिल गरेका ज्ञान, सीप र पुँजी नेपालको विकासका लागि प्रयोग हुँदै आएको उनले बताए।

जापानमा रहँदा आफूले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ पार्दै दुई पक्षीय आर्थिक सहयोगलाई अझ प्रवर्द्धन गर्नका लागि केन्द्रीत हुने जानकारी दिए। फेस्टिभल उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अहिले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिने तिर हामी बहस गरिरहेको बताए।

अध्यक्ष दाहालले गैरआवासीय नेपालीहरुले नेपाली नागरिकता पाउने विधेयक दुवै सदनबाट पारित भइसकको जानकारी गराउँदै विदेशमा रहेका नेपालीहरूलाई निर्वाचनमा मतदानको अधिकार दिलाउने प्रयासमा आफू रहेको बताए। प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि स्थिर र बलियो सरकार गठन हुने भन्दै उनले दिगो आर्थिक विकासलाई प्राथमिकतामा राख्ने बताए।

प्रकाशित: २१ श्रावण २०७९ ०८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App