coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रकाशमानको फस्र्ट म्यान बनेर देश विकास गर्ने चाहना

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले फस्र्ट म्यान बनेर देशको विकास गर्ने चाहना राखेका हुन्। उनले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना वान अफ म्यान बनेर देशको सेवा गर्न चाहेको बताए।

 उनले असल नियत भएको र लोभ नभएको नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्नेकुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने बताए। नेता सिंहले जनतालाई अधिकार दिलाउने काम नेपाली काँग्रेसले गरेको उल्लेख गर्दै अबका दिनमा प्राप्त अधिकारलाई संस्थागत गर्दै देश विकास र आर्थिक उन्नतीको अभियानमा काँग्रेसले नेतृत्व गर्ने बताए। उनले देशमा प्रदूषणका कारण विभिन्न समस्या निम्तिरहेको भन्दै ग्रिन इनर्जी उत्पादनमा जोड दिनुपर्ने र हरित ग्यासकै माध्यमबाट देशमा विकासले फड्को मार्ने दाबी गरेका छन्।  

उनले भने, ‘नेपालको प्रगतिलाई अघि बढाउनको लागि ग्रिन इनर्जीको विश्वमा वातावरण आइरहेको छ। प्रदूषणको कारणले गर्दा मानवजातीले कल्पना नै नगरेको समस्या भोग्नुपरिरहेको छ। नेपालका विज्ञहरु हाइड्रोबाट उत्पादन हुने ग्रिन इनर्जी आफ्नो ठाउँमा छ, विकासले फड्को मारिसकेको छ।

 ग्रिन इनर्जी पनि हाइड्रो इनर्जी भन्दा सस्तो हुने गरेर नेपालमा चिप रुपमा हाइड्रो उत्पादन गर्नसक्ने राष्ट्र हो। यस्ता कुरामा हामीले ध्यान दिन जरुरी छ। देशको अर्थतन्त्र एकैपटक माथि उठाउनसक्ने हाइड्राको उत्पादनका कुरामा ध्यान दिन जरुरी छ। प्रध्यापक, विद्यार्थीहरुले ल्याएका नयाँ कुराहरुलाई हामीले राष्ट्रको हीत र अर्थतन्त्र सुधार गर्ने कुरा गम्भीर रुपले लिन आवश्यक छ। 

यस्ता विषयमा आवश्यक कानूनहरु चाँडै बनाउन लगाएर त्यसको प्रतिफल आम नेपाली जनताले पाउनुपर्छ भन्ने कुरा हो। मलाई साथ दिए, मौका पाएँ भने मेरो त तल्लो स्तरदेखि माथिल्लो स्तरका पार्टीका निकायमा बसेर काम गरिसकेको छु। 

नम्बर वान म्यान भएर काम गर्ने मौका पाएँ भने मैले राम्रो असल नियत भएको, लोभ नभएको, नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुने रहेछ भन्नेकुरा म देखाउन चाहन्छु। जनतालाई अधिकार दिलाउने काम नेपाली काँग्रेसले नेतृत्व खेलेको छ अब प्राप्त गरेका अधिकारलाई संस्थागत गर्दै देश विकास र आर्थिक उन्नतीको अभियानमा काँग्रेसले लिड गर्छ ।’

प्रकाशित: २१ श्रावण २०७९ ०७:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App