१५ चैत्र २०८० बिहीबार
राजनीति

पर्यटन मन्त्रीद्वारा पशुपती मन्दिरको निरीक्षण, संरक्षण र सरसफाइमा ध्यान दिन निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गरेको छ। मन्त्री श्रेष्ठले  पशुपति क्षेत्र भित्रका विभिन स्थानमा पुगी त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिएको  हो।  

मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु,विश्वरुपा मन्दिर,मृगस्थली, शेल्षमान्तक वन, विभिन्न म्याथ मन्दिर, स्तूप, सत्तललगायत स्थलको हिँडेरै अवलोकन गरेको हो। सो अवसरमा श्रेष्ठले पशुपति क्षेत्र तथा मन्दिर परिसरको सरसफाईमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन उनले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवम् पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन निर्देशन दिए।

मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूपा मन्दिर पुनर्निर्माणको अवस्थाबारे पनि उनले जानकारी लिए। सांस्कृतिक एवम् पुरातात्विक महत्वको पशुपति क्षेत्र खुला संग्रहालयको रूपमा रहेको बताउँदै उनले सुरक्षा, संरक्षण र सरसफाईमा ध्यान दिनुपर्ने बताए। मन्त्री श्रेष्ठले घाट व्यवस्थापनबारे पनि जानकारी लिँदै पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न निर्देशन दिए। सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समेत राखेको छ। त्यसैअनुसार पशुपति क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य भइरहेको कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले बताए।

प्रकाशित: २१ श्रावण २०७९ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App