८ वैशाख २०८१ शनिबार
राजनीति

सत्ता सञ्चालनको कुरा दिल्लीमा होइन, जनताको बीचमा हुनुपर्छः बिजुक्छे

फाइलतस्बिर

नेपाल किसान मजदुर पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको सत्तारुढ दलहरु जनताको बिरुद्धमा गएको आरोप लगाएका छन्।

शुक्रबार पोखरामा पत्रकारसँग भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले अहिलेको सरकार वामपन्थीहरु तोड्न दक्षिणपन्थी मिल्न नपाउने बताए। उनले राजनीतिक पार्टीहरु चुनावअघि जनतामाझ लगेका घोषणापत्र कार्यान्वयन गर्नमा नलागेको बताए। अध्यक्ष बिजुक्छेले चुनावमा गठबन्धन गर्नुभन्दा पहिले चुनाव घोषणापत्र आवश्यक रहेको बताए। 

उनले चुनावलाई कसरी लैजाने? देशमा ती पार्टीहरुको बहुमत आयो भने सरकारमा गयो भने के काम जनताका निम्ति गर्ने? देशको निम्ति गर्ने त्यो, स्पष्ट भाषामा आउन जरुरी रहेको बताए। उनले अहिलेका कम्युनिष्ट पार्टीहरु जनताको अभिमतलाई कुल्चिएर, जनताको आदेशलाई उल्लंघन गरेर कहिले काँग्रेससँग र कहिले राप्रपासँग मिल्ने गरेको भन्दै यो सिद्धान्त विपरितको कुरा भएको बताएका छन्।  

प्रकाशित: २० श्रावण २०७९ १३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App