३१ श्रावण २०७९ मंगलबार
राजनीति

सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने आत्मसमर्पणवादी प्रवृत्ति जस्ता विकृतिहरुको अन्त्य गर्नुपर्छ: कमल थापा

फाइल तस्बिर।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने आत्मसमर्पणवादी प्रवृत्ति जस्ता विकृतिहरुको अन्त्य गर्नुपर्ने बताएका छन्।

थापाले आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनबारे टिप्पणी गर्दै सामाजिक सञ्जाल  फेसबूकमा लेखेका छन्,'सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने आत्मसमर्पणवादी प्रवृत्ति जस्ता विकृतिहरुको अन्त्य गर्नुपर्छ, त्यसका लागि जनता पार्टीको सेवक होईन, स्वाभिमानी स्वतन्त्र नागरिक र देशको मालिक बन्नुपर्छ।'

मंसिरमा ४ मा हुने निर्वाचनले सर्वसत्तावाद, भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तनको समेतको अन्त्य गर्नुपर्ने पनि बताएका छन् । त्यसका लागि नागरिक स्वाभिमानी हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित: २० श्रावण २०७९ १४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App