७ वैशाख २०८१ शुक्रबार
राजनीति

सिके राउत सप्तरी २ बाट चुनाव लड्ने

सिके राउत आगामी मंसिर ४ गते हुने निर्वाचनमा सप्तरी-२ बाट चुनाव लड्ने भएका छन्।

जनमत पार्टीका अध्यक्ष राउत २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी-२ बाट चुनाव लड्न लागेका हुन्। जनमत पार्टीका केन्द्रीय सदस्य बिपी साहले बिहीबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले राउत सप्तरी २ बाट चुनाव लड्ने निर्णय गरेको जानकारी दिए।

राउत सप्तरीको महादेवा गाउँपालिका–२ निवासी हुन्। उनको वडामा राउतको पार्टीले वडाध्यक्षसहित सबै सिट जितेको थियो। यो बाहेक २ नं. क्षेत्रका अन्य केही वडामा पनि जनमत पार्टीले जितेको थियो।

जनमत पार्टीले यसअघि स्थानीय निर्वाचनमा पहिलो पटक भाग लिएको थियो। २०७५ फागुन २४ मा जनमत पार्टी र सरकारबीच शान्तिपूर्ण सम्झौता भएको थियो। ओली नेतृत्वको सरकारले उनीसँग ११ बुँदे सहमति गरेको थियो।

प्रकाशित: २० श्रावण २०७९ ०५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App