साउन १५ मधुवन नगरपालिकामा प्रशासकिय अधिकृत नोखीराम ओली र लेखा प्रमुख खिमराज पोखरेलको मनपर्दी बढेको पाईएको छ। प्रशासकिय अधिकृत ओलीले अधिकांश समय बिदा बस्ने लेखा प्रमुखसँगको मिलिमतोमा बिल भुक्तानी लगायतको काम ढिलासुस्ती गरेको आरोप छ।
लेखाले बिल भुक्तानीका केहि समय प्रमुख नभएको नाममा रोक लगाएर मिलिमतोमा आर्थीक चलखेल गर्ने गरेको आरोप स्रोतको दाबी छ। लेखा अधिकृतको आर्थीक लेखा जोखा मिलाएरको खबर प्राप्त गरेपछि चेक काटेर पुनः कार्यालयमा हाजिर नहुने गरेको एक कर्मचारीले बताए।‘बिभिन्न बाहानामाा बिदा बस्ने र कुरो मिलेपछि चेक काट्ने चलन छ,’नाम नखोल्ने शर्तमा एक कर्मचारीले भने।
प्रशासकिय अधिकृत ओलीले सरकारी साधन मनलाग्दी प्रयोग गर्दा ईन्धन खर्च व्यहभार थपिएको स्रोतको दाबी छ।‘प्रशासकिय अधिकृत र लेखा अधिकृत एउटै जिल्ला दाङका हुन्’ स्रोतले भन्यो, ‘महिनामा पटक पटक सरकारी साधन प्रयोग गरेर घर पुग्ने गरेका छन्,ईन्धन कति खर्च भएको छ रेर्कडले पुष्टि गर्ला? ’सरकारले ईन्धन कम गर्नका लागि सवारी साधन दुरुपयोग रोक्न रणनिति योजना बनाईरहेका बेला मधुवन नगरपालिकामा व्यापक खर्च गरेको र नेता कार्यकर्तालाई ईन्धन दिएको जनप्रतिनिधिलाई समेत आरोप लागेको छ। मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओलीले प्रहरी र प्रशासन लगायत अन्यले इन्धन माग्दा इन्धन बढी खपत भएको जानकारी दिए।
मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाट कार्यालयको गाडी प्रयोग गर्देनन। नगर प्रमुखले सस्तो लोकप्रियताको लागि गाडी नचेढेपनि इन्धन बढी खपत रोक्न उदासिन भएको बताउँछन्। नगर प्रमुखले भाटले कार्यालयको गाडी प्रयोग नगर्दा इन्धन बढी खपत भएको उल्लेख गर्दे इन्धन दुरुपयोग लगायत सेवाग्राहीको काम नरोक्न कार्यालय प्रमुखलाई सचेत गराउँन सम्बन्धित निकायसँग माग गरेका छन्।‘इन्धनको कुप्पन मैले काट्दैन’प्रमुख प्रशासकीय अधिकृत ओलीले भने,‘क–कसले इन्धन लगेको हामीसंग रेकर्ड सुरक्षितछ।’
इन्धनको मागअनुसार सहायक लेखापालले कुप्पन दिने गरेको अधिकृत ओलीको भनाई छ।‘गत माघ देखि मधुवन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको छु’ प्रमुख प्रशासकीय अधिकृत ओलीले भने, ‘मैले जिम्मेवारी सम्हाले देखि इन्धनको खपत कन्ट्रोल गरेकोे छु।’
प्रमुख प्रशासकिय अधिकृत ओली र लेखा प्रमुख पोखरेलको ढिलासुस्तीले मधुवन नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले तलव भत्ता नपाएको गुनासो छ। तर, जनप्रतिनिधिहरुको समयमा बैंक खाताको विवरण नआउँदा रोकिएको प्रशासकीय अधिकृत ओलीले बताए। सबै जनाको बंैक खाताको विवरण आएपछि एकमुष्ठ रकम जाने गरेको उनको भनाई छ।
नगरपालिका मार्फत उपभोक्ता समितिले गरेको कामको भुक्तानी मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओली र लेखा अधिकृत पोखरेलले नदिएको अर्को आरोप छ। असार मसान्तमा स्वास्थ्य,शिक्षा र अन्य बिषयक तालिमको नाममा मनलाग्दी भत्ता बापतको भुक्तानी लिएको स्रोतले खुलासा गरेको छ।कागजमा तालिम र गोष्ठि सम्पन्न गरी मिलिमतोमा लाखौ रुपैया भुक्तानी लिएको खुलेको हो। तर, उपभोक्ता समितिले गरेको कामको बिल भरपाई बुझाउँदा पनि प्रमुख प्रशासकीय अधिकृत ओली र लेखा अधिकृत पोखरेलले विभिन्न बहानामा भुक्तानी नदिएको आरोप छ।
उपभोक्ता समितिले सम्झौतामा तोकिएको समयमा काम नसकेर ढिलो बिल पेश गर्दा भुक्तानी नभएको प्रमुख प्रशासकीय अधिकृत ओलीको भनाई छ। असार २० गते सम्म आर्थिक कारोबारको सम्पुर्ण बिल बुझाउन हामीले सुचना प्रकाशित गरेका थियौं। उपभोक्ता समितिले ढिलो गरी असार २४, २५ गते बिल भरपाई बुझाउँदा बढी लोड भएर छुटेको प्रमुख प्रशासकीय अधिकृत ओलीले स्वीकारे। उता बार्गेनिङ गर्दा उपभोक्ताले आनाकानी गरेर कुरो नमिलेका कारण अधिकृत र लेखाको मिलिमतोमा भुक्तानी रोकिएको पिडित सेवाग्राही बताउँछन्।
प्रकाशित: १५ श्रावण २०७९ १३:२७ आइतबार