७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमालेले भन्यो: देउवा सरकारको एक वर्ष विचौलिया र कालोबजारीको कब्जामा

प्रमुख विपक्षी नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको एक वर्षभित्र मूल्यवृद्धिको तथ्यांक सार्वजनिक गरेको छ।

पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एमालेले सरकार छाडेको एक वर्षमा कुशासनले सीमा नाघेसँगै राज्य विचौलियाको कब्जामा गएको र उपभोग्य वस्तुको मूल्य शत प्रतिशतसम्म वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको हो।

यस्तै एमालेका अनुसार दैनिक उपभोग्य वस्तुका साथै निर्माण सामग्री र इन्धनमा मूल्यवृद्धि गर्दा निश्चित व्यापारीलाई पहिले नै जानकारी दिएर स्टक गर्न लगाइएकोसमेत पाइएको छ। सरकारमा बसेका व्यक्तिहरु नै कालोबजारीमा संलग्न रहेको एमालेको आरोप छ। एमालेले गठबन्धन सरकार आएपछि सार्वजनिक यातायातमा २८ प्रतिशत र ढुवानी भाडामा २६ प्रतिशत मूल्यवृद्धि गरिएको जनाएको छ।

त्यस्तै विचौलियाको प्रभावमा परेर दूधमा एकैपटक १४ रुपैयाँसम्म वृद्धि गरिएको र दही, घ्यू जस्ता पदार्थमा समेत १२ प्रतिशत मूल्यवृद्धि गरिएको एमालेको रिपोर्टमा छ। खाने तेलमा एकैपटक ११० रुपैयाँसम्म मूल्यवृद्धि गर्दा व्यापारीसँग सेटिङ मिलाइएको र दाल, चामल, चिनी जस्ता दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिमा समेत विचौलियासँग सेटिङ गरिएको आरोप एमालेको छ।

एमाले नेतृत्वको सरकारको पालामा ४ प्रतिशतभन्दा माथि बढ्न नदिइएको मूल्यवृद्धि गठबन्धन सरकार बनेपछि करीब ९ प्रतिशतमा पुगेको कार्यक्रममा जानकारी दिइएको छ।

प्रकाशित: २ श्रावण २०७९ ०८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App