१६ चैत्र २०८० शुक्रबार
राजनीति

गठबन्धन गर्दा कांग्रेसलाई कम क्षति हुने गरी गर्नुपर्छ: नेता कोइराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो पार्टीलाई कमभन्दाकम क्षति हुने गरी सत्तारुढ दलहरुबीच प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा गठबन्धन गर्नुपर्ने बताएका छन्।

शनिबार भरतपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता कोइरालाले यस्तो भनाई राखेका हुन्। त्यस सम्बन्धमा केन्द्रीय समितिमा व्यापक छलफल भईरहेको र त्यसले आवश्यक निर्णय लिने उनको भनाई थियो। 

नेता कोइरालाले भने, ‘गठबन्धनबारे केन्द्रीय समिति बैठकमा व्यापक छलफल भइरहेको छ। तर, गठबन्धन गर्दाखेरी पनि नेपाली काँग्रेसलाई कमभन्दा कम क्षति हुने गरी हामी गठबन्धनमा जानुपर्छ। सभापतिजी विधि र विधानसम्मत जानु भएन। ३ महिनामा चयन हुनुपर्ने कोषाध्यक्ष अझै चयन गर्न सक्नु भएको छैन।’

नेता कोइरालाले पार्टीको विधान अनुसार अझै केन्द्रीय कोषाध्यक्ष समेत चयन गर्न नसकेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश समेत व्यक्त गरे। उनले पार्टीलाई विधि र विधानमा हिँडाउन नेतृत्वलाई सचेत गराउने काम आफूहरुले गरिरहने बताए।

प्रकाशित: ३२ असार २०७९ १६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App