८ वैशाख २०८१ शनिबार
राजनीति

वामपन्थी पार्टीहरुलाई तालमेल गर्न नेता श्रेष्ठको आग्रह

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ सबै वामपन्थी पार्टीहरुलाई तालमेलका लागि आग्रह गरेका छन्।

मुलुकलाई संकटबाट जोगाउनका लागि पनि सबै वामपन्थी शक्तिहरु तालमेल गरेर अघि बढनुपर्ने उनको तर्क थियो। नेपालमा वामपन्थीहरु मात्रै देशभक्त महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै उनले उनीहरुबीचमै एक अर्कालाई सिध्याउने काम भए मुलुकनै संकटमा पर्न भन्दै चिन्ता व्यक्त गरे।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले सबै वामपन्थी नेताहरुले कमीकमजोरी भए आत्मसमिक्षा गर्दै तालमेलको बाटामा अघि बढनुपर्ने आवश्यक्ता औंल्याए। नेता श्रेष्ठले आफै सिद्धिने बाटोबाट बच्न पनि वामपन्थी शक्तिहरु मिलेर अघि बढनुपर्ने बताए।

नेपाल–चीन हिमालयन मैंत्री समाजले शनिबार काठमाडौँमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अवको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले तत्काल पार्टी एकताका लागि आधार नबनेपनि वामपन्थी दलहरुबीच तालमेल गरेर जान सकिने पटकपटक दोहोर्‍याए। नेता श्रेष्ठले नेपालको परराष्ट्र नीतिलाई स्वतन्त्र बनाइ राख्न दलहरुबीच राष्ट्रिय सहमती हुनुपर्ने पनि बताए।

प्रकाशित: ३२ असार २०७९ १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App