coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘शर्मालाई नीतिगत भ्रष्टाचार मुद्दा लगाऊ’

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै शर्मामाथि नीतिगत भ्रष्टाचारको मुद्दा चलाउन अख्तियारको ध्यानाकर्षण गरेका छन्। अर्थ मन्त्रालयले गत जेठ १४ गते रातिको सिसिटिभी फुटेज मेटिएको धारणा सार्वजनिक गरेपछि प्रतिनिधिसभाका सांसदसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमा फेसबुकमार्फत उक्त धारणा सार्वजनिक गरेका हुन्।

सिसीटिभी फुटेज कम्तीमा तीन महिनासम्म सुरक्षित राख्नुपर्ने कानुनी प्रावधान बिर्सिएर अर्थ मन्त्रालयले गत जेठ १४ गते रातिको सिसिटिभी फुटेज मेटिएको धारणा सार्वजनिक गर्नुलाइ भट्टराई ठूलै आर्थिक चलखेलको शंका गरेका हुन्। उनले सिसिटिभी फुटेज कम्तीमा तीन महिनासम्म सुरक्षित राख्नुपर्ने कानुनी व्यवस्थाको बर्खिलाप गर्ने अर्थ मन्त्रालयका कर्मचारीमाथि राजस्वका दर हेरफेर गर्ने मतियारका रूपमा कानुनी कारबाही थाल्नुपर्ने मागसमेत गरेका छन्।

कानुनले तीन महिनासम्म सिसिटिभी फुटेज सुरक्षित राख्नुपर्ने भने पनि त्यो नराखी फुटेज मेटिएको भन्नुका पछाडि अर्थमन्त्री शर्माले सेटिङमा करका दर हेरफेर गरेको प्रमाणित हुने भट्टराईको भनाइ छ। पूर्वमन्त्रीसमेत रहेका एमाले नेता भट्टराईले यो कार्य शासकीय प्रणालीविपरीतको कार्य भएको भन्दै अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै अर्थमन्त्रीमाथि नीतिगत भ्रष्टाचारमा मुद्दा चलाउन अख्तियारको ध्यानाकर्षण गरेका छन्।

प्रकाशित: २१ असार २०७९ ०६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App