coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई ओलीको प्रश्नः तपाई केही गर्न नसक्ने अवस्थामा पुग्नुभएकै हो?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘केही गर्न नसक्ने अवस्था पुग्नुभएको हो’ भन्दै प्रश्न गरेका छन्। बजेट निर्माण प्रकरण र त्यसको छानविनमा सरकारले देखाएको उदासिनताप्रति आक्रोशित ओलीले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवालाई ‘खोई जवाफदेही’ भन्दै पटक पटक प्रश्न गरे।

उनले देश र मन्त्रिपरिषद प्रधानमन्त्रीले सञ्चालन गर्नुपर्ने र कुनैपनि घटनाको जवाफदेही प्रधानमन्त्रीनै हुनुपर्ने बताएका थिए। ‘व्यापारी र बाहिरका मान्छे राखेर बजेट बनाइयो। यो भन्दा अनुशासनहिनता र अराजकताको नमुना अरु केही हुन सक्दैन। अर्थतन्त्र ध्वस्त पार्ने यो भन्दा अरु के हुन्छ? प्रधानमन्त्री जवाफदेही हुनुपर्छ। खोई जवाफदेहिता?’, ओलीले प्रश्न गरे।

प्रधानमन्त्रीले देश बर्वाद र अर्थतन्त्र ध्वस्त हुँदा पनि गठबन्धन टुट्ने डरले गर्दा एउटा मन्त्रीलाई कारबाही गर्न नसकेको उनको आरोप थियो। ओलीले देश मूल्य मान्यता अनुसार चलेन भनेर प्रश्न गर्नेलाई धम्क्याइएको भन्दै रोष पनि व्यक्त गरे। अर्थमन्त्री जनार्दन शर्मा माथि बजेट घोषणाको अघिल्लो दिन गत जेठ १४ गते राती अनधिकृत बाहिरका व्यक्तिहरुलाई मन्त्रालयमा ल्याएर तीनै व्यक्तिको सुझावका आधारमा करका दर हेरफेर गरेको आरोप लागेको छ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने र घटनाको छानविन हुनुपर्ने माग राख्दै आएको छ। बजेट घोषणापछि एमालेले यी दुई माग राख्दै धेरै पटक संसद अवरोध गरिरहेको छ। अर्थमन्त्री शर्मालाई आरोप लागेपछि  उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हकसम्बन्धी ऐनको प्रयोग गर्दै अर्थ मन्त्रालयमा फुटेजका लागि निवेदन दिएको थियो।

अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्याङकन महाशाखाले आइतबार (हिजो) पत्र मार्फत सीसीटीभी फुटेजको अभिलेख १३ दिनसम्म मात्र रहने जानकारी दिएको थियो। ‘मन्त्रालयमा जडान भएको सीसीटीभी फुटेजको क्षमता र जडान भएको क्यामेराका आधारमा बढीमा १३ दिनसम्मको मात्र अभिलेखमा रहने र त्यसअघिको अभिलेख क्रमशः मेटिदै जाने’ भनेर जवाफ दिएको हो।

मञ्चले २०७८ भदौ २४ गते राती ११ बजेदेखि २०७८ भदौ २५ गते बिहान ६ बजेसम्मको र २०७९ जेठ १४ गते बेलुका ६ बजेदेखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेज उपलब्ध गराउन अर्थ मन्त्रालयमा निवदेन दिएको थियो। यसैबीच अर्थमन्त्री जनार्दशन शर्माले पत्रकार ऋषि धमलासँगको एउटा अन्र्तवार्तामा एमालेले सीसी क्योमरा हेर्न चाहदैमा हेर्न दिनुपर्छ भन्ने के छ? सीसी क्योमरा हेर्ने ती को हुन? भन्दै प्रश्न गरे।

प्रकाशित: २० असार २०७९ ०९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App