६ वैशाख २०८१ बिहीबार
राजनीति

आयोगमा दर्ता भएसँगै स्वतन्त्र पार्टीले सार्वजनिक गर्‍याे २१ जना केन्द्रीय सदस्यको नाम (सूचीसहित)

निर्वाचन आयोगले लामिछानेलाई दर्ताको प्रमाणपत्र दिदैं।

रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले २१ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यको नाम सार्वजनिक गरेको छ।

पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गरी केन्द्रीय समितिका २१ जनाको नाम सार्वजनिक गरेका हुन्। लामिछाने नेतृत्वको पार्टीमा २१ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ। जसमा प्रवक्ता बाहेक पदाधिकारी हुने छैनन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षपछि महाधिवेशन गर्ने जनाएको छ। महाधिवेशन नभएसम्म सभापति र प्रवक्ता बाहेकका पदाधिकारी हुने छैनन्।

आज मात्र लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो। आयोगले लामिछानेलाई दर्ताको प्रमाणपत्र दिएपछि  पार्टीले २१ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यको नाम सार्वजनिक गरेको हो।

प्रकाशित: १७ असार २०७९ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App