१६ चैत्र २०८० शुक्रबार
राजनीति

विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था राख्न संशोधन प्रस्ताव दर्ता

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा सम्पत्ति राख्न नपाइने व्यवस्था गर्न संशोधन प्रस्ताव दर्ता गराएका छन्।  

उनले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकको संशोधनमा यस्तो प्रस्ताव दर्ता गरेका हुन्।  

सुवालले संशोधन विधेयकको प्रस्तावनामै यस्तो व्यवस्था किटान गर्न प्रस्ताव गरेका हुन्।

प्रस्तावमा आर्थिक समानता, सामाजिक न्याय, व्यक्तित्व विकासमा समान अवसरको लागि विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था राख्नुपर्ने उल्लेख छ।

प्रकाशित: १५ असार २०७९ ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App