coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पर्यटनमन्त्री आलेले बुझाए माधव नेपाललाई राजीनामा पत्र

नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले आज पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्।

आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद् हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए। तर पछि हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए।

एकीकृत समाजवादीले २२ जेठमा चार मन्त्री रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम र कृष्णकुमार   श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।  

बजेटमाथि छलफल भइरहेको भन्दै प्रधानमन्त्री देउवाले तत्काल मन्त्री हेरफेर गरेनन्। एकीकृत समाजवादीले मन्त्रीलाई फिर्ता बोलाउँदा राज्यमन्त्री खापुङलाई मन्त्री बनाउने सिफारिस गरेको छ । गैरसांसद कुँवरलाई पर्यटनमन्त्री सिफारिस गरिएको छ। कुँवर गैरसांसद हुन्। भने दाङबाट मेटमणि चौधरी मन्त्री र हिरा केसी राज्यमन्त्री सिफारिस भएका छन्।

प्रकाशित: १२ असार २०७९ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App