coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राप्रपाद्वारा मूल्यवृद्धि, भ्रष्टाचार र एसपीपी सम्झौताको विरोध

पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धि भएको छ। मूल्यबृद्धिले सर्वसाधारणको जनजीवनमा प्रत्यक्ष असर गरेको छ। मूल्य वृद्धिविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले चरणबद्ध आन्दोलनमा उत्रिएको छ।

राप्रपाले पोखराको मुख्यबजार क्षेत्रमा मोटरसाईकल डोहोर्याएर विरोधमा उत्रिएको थियो। राप्रपाले बिहीबार विभिन्न माग राख्दै पोखरामा वृहत हस्ताक्षर संकलन गरेको छ। बिरोध, भ्रष्टाचार न्यूनिकरण र अमेरिकासँग हुन लागेको एसपीपी (स्टेट पार्टनरशिप प्रोग्राम) सम्झौताको विरोधमा पार्टीले हस्ताक्षर संकलन अभियान चलाएको हो। पोखरामा भएको यो अभियानका क्रममा करिब १६ हजार जनाले हस्ताक्षर गरेको पार्टीको दाबी छ।

पोखराको अमरसिंहचोक, चिप्लेढुंगा र पृथ्वीचोकमा राप्रपाले मूल्यबृद्धि विरुद्ध हस्ताक्षर अभियान चलाएको थियो। दुई दिन लगाएर हस्ताक्षर संकलन गरिएको राप्रपपा कास्कीका अध्यक्ष नारायण गुरुङले बताए। उनले हस्ताक्षरको क्रममा हालै गण्डकी प्रदेश सरकारले बढाएको सवारी करको पनि विरोध गरिएको जनाए। विभिन्न स्थानबाट दुई दिन लगाएर संकलन भएको हस्ताक्षर बिहीबार पार्टीले मूख्यमन्त्री कार्यालयमा बुझाएको छ।

मूख्यमन्त्री कार्यालयमा हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाउँदै पार्टीले तत्काल आफ्ना मागहरु पुरा गर्न सरकारसमक्ष आग्रह गरेको छ। ‘सरकारले जनतालाई सुविधा दिनुको साटो उल्टोे बोझ थप्ने काम गरेको छ। जुन कुरा व्यवहारिक छ्रैन। यस्ता जनतामारा निर्णयहरुको राप्रपा सँधै विरोध गरिरहन्छ।’ राप्रपा कास्कीका अध्यक्ष गुरुङले भने।

राप्रपा कास्कीले यसअगाडि पनि शान्तिपूर्र्ण रुपमा महंगी र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आईरहेको छ। ‘हामीले अहिलेसम्म जनताको सवाल र अधिकारको विषयमा शान्तिपूर्ण आवाज निरन्तर रुपमा उठाउँदै सरकारलाई खबरदारी गरिरहेका छौँ।’ 

राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले भने–‘यद्यपि राज्यले हाम्रो मागको सम्बोधन गर्नेतर्फ उति साह्राे ध्यान दिईरहेको छैन।’ राज्यले आफूहरुको मागलाई सम्बोधन गर्नेतर्फ ध्यान नदिए आन्दोलनले फरक रुप लिन सक्ने पार्टीले जनाएको छ। सरकारले जनतामारा काम गरिरहने र आफूहरुको माग सम्बोधन नगर्ने हो भने आन्दोलनमा बल प्रयोग हुन सक्ने पार्टीले जनाएको छ।

प्रकाशित: ९ असार २०७९ १४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App