४ वैशाख २०८१ मंगलबार
राजनीति

घुस लेनदेन अडियोबारे छानवीन भइरहेको छः कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौँका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको घुस लेनदेनबारेको अडियोबारे छानवीन भइरहेको बताएका छन्।

मन्त्री कोइरालाले जिल्ला न्यायाधिश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे अडियो सार्वजनिक भएकाले त्यसको सत्यतथ्य पत्ता लगाउन छानवीन समितिनै गठन गरिएको स्पष्ट पारे।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले न्यायालय सुधारका लागि सरकारले अभियाननै संचालन गरिएको दाबी गरे। न्यायाधिशको नियुक्ती नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगति बढ्दै गएको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसलाई हटाउनका लागि सरकारले निर्देशिका बनाउने कामलाई अघि बढाएको स्मरण गराए।

उनले भने, ‘विगत केही समयदेखि यतिधेरै न्यायलयहरुप्रतिको आस्था गिर्दै गएको छ। जुन अडियो बाहिर सार्वजनिक भएको छ। त्यसको सत्यतथ्य खोजविन गर्दैछौं। कति ठिक, कति बेठिक भनेर छानवीन गर्न समितिनै गठन गरिएको छ। त्यो घटना बाहेकलाई हेर्ने हो पनि न्यायालय भित्र विकृति र विसंगति थियो। त्यसका विरुद्ध आन्दोलन पनि भयो। त्यसलाई सुधार गर्नका लागि अभियाननै संचालन गरिएको छ। त्यसको सुरुवात नियुक्ती बाटै हुने भएकाले सुधारका लागि निर्देशिका बनाउने काम सुरु गरिएको छ।’

मन्त्री कोइरालाले न्यायालय भित्रको गिर्दे आस्थालाई जोगाउन सरकार लागि परेको पनि बताए। 

प्रकाशित: ९ असार २०७९ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App