coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

फोहोरको समस्या झनै विकराल भयोः मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमार झाँक्रीले शहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन्। बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले शहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई निवारण गर्ने भन्दापनि ठूलो रहेको बताएकी हुन्। 

उनले शहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा हल गर्नुपर्ने बताइन्। मन्त्री झाँक्रीले फोहोर गर्नेसँगै रकम उठाएर फोहोरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने बताइन्। उनले फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै यसलाई बेलैमा व्यवस्थापन गर्न आवश्यक रहेको बताइन्। 

मन्त्री झाँक्रीले काठमाडौंका मानिसले गरेको फोहोर बञ्चरे डाँडामा लगेर फालिने भन्दै त्यसबाट निस्किने सामाजिक मुद्दालाई सम्बोधन गरेर मात्रै अघि बढ्नुपर्ने बताइन्। उनले शौचालयको फोहोर ढलमा र ढल खोलामा लगेर मिसाउने गरेको भन्दै यस किसिमको नीति नियमको बाटो सुल्टो नभएको बताइन्। फोहोर र ढलका समस्यालाई समाधान गर्न ऋण लिएर भएपनि समाधान केन्द्र बनाउनुपर्ने बताइन्। मन्त्री झाँक्रीले असफलताबाट सिकेको पाठलाई अब नयाँ ढंगले अघि लैजान आवश्यक रहेको पनि बताइन्। 

इक्षुमती वा तुखुचा (अपभ्रंस टुकुचा) खोला काठमाडौंको मध्यभागबाट बग्ने गर्छ। तर अव्यवस्थित शहरीकरणका कारण खोला प्रदूषित र अतिक्रमण भएको छ। ट्रिटमेण्ट प्लान्ट बनाएपछि फोहोर पानी प्रशोधन हुने र त्यसलाई वागमती नदीमा मिसाउने योजना रहेको छ। प्रशोधनका बेला निस्किएको स्लजलाई प्रशोधन केन्द्रबाट बायोग्यास उत्सर्जन गर्न प्रयोग गर्ने योजना छ। यसबाट १ लाख ४५ हजार मानिस लाभान्वित हुने सरकारले विश्वास गरेको छ। यस परियोजना अन्तर्गत घाटहरुको मर्मत सम्भार र पुनस्र्थापना गर्ने कार्ययोजना छ।

प्रकाशित: ९ असार २०७९ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App