coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

केही घण्टामै मन्त्रीपरिषद हेरफेर हुन्छः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही घण्टामै मन्त्रीपरिषद् हेरफेर हुने बताएका छन्। स्रोतका अनुसार बिहीबार बिहानको सचिवालय बैठकमा मन्त्रीपरिषद् हेरफेरबारे छलफल हुँदा अध्यक्ष नेपालले पार्टीका अन्य नेताहरुलाई जवाफ दिने क्रममा केही दिनमा होइन केही घण्टामै मन्त्रीपरिषद हेरफेर हुने बताएका हुन्।

सचिवालय बैठकमा पार्टीका नेताहरुले मन्त्री हेरफेरको विषयलाई तत्काल टुंग्याउन दबाव दिएपछि अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन्। पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधर भने, ‘नेताहरुले पार्टी अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गरेर छिटो भन्दा छिटो मन्त्रीमण्डल हेरफेरको कार्यान्वयन गर्न आग्रह गर्नुपर्छ भन्ने कुराहरु भएका छन्। गठबन्धनको गन्तव्य अझै नसकिएकोले आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पनि कायम गरेर जानुपर्छ भन्ने कुरा भयो।’

उपमहासचिव तुलाधरले पार्टीले गरेको निर्णय बहानाबाजी देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेको भन्दै सांसदहरुले त्यसले पार्टीका कार्यकर्ताहरुमा नराम्रो सन्देश गएकोप्रति ध्यानाकर्षण गराएको पनि बताए। उनले गठबन्धनको औचित्य नसकिएकोले आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै जानुपर्नेमा छलफल भएकोसमेत बताए।  

नेकपा एकिकृत समाजवादीका तर्फबाट सरकारमा एक जना राज्यमन्त्री र ४ जना मन्त्री छन्। यीमध्ये स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई फुल मन्त्री बनाएर र बाँकी चार जनाको ठाँउमा अरुलाई पठाउन अध्यक्ष नेपालले प्रधामन्त्रीलाई सिफारिस गरेका थिए।  

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही समय पर्खिन भन्दै मन्त्रीपरिषद हेरफेर रोकिरहेका छन्। सचिवालय बैठक बुधबार र बिहीबार गरी दुई दिन बसेको थियो। शुक्रबार भोली पोलिटब्यूरो र ११ गते केन्द्रीय परिषदको बैठक बस्ने बताइएको छ।  

नेकपा (एमाले)ले मूल्यवृद्धिबारे सरकारको जवाफ माग गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले सत्यतथ्य सदनलाई जानकारी गराउन सकारलाई रुलिङ गरेका छन्।

प्रकाशित: ९ असार २०७९ १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App