१५ चैत्र २०८० बिहीबार
राजनीति

अबको चुनावमा कांग्रेस र एमालेलाई आफ्नो पार्टीसँग मिल्न आउनै पर्ने बनाउनुपर्छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब हुने संघीय र प्रदेश चुनावमा गठबन्धनमा चाहिने भन्दा बढि आशा र रिल्याक्स नगर्न कार्यकर्ताहरुलाई आव्हान गरेका छन्।  

उनले ललितपुर माओवादीले आयोजना गरेको सम्मान तथा प्रशिक्षण कार्यक्रममा स्थानिय चुनावमा गठबन्धनमा धेरै भरोसा गरेकाले अपेक्षा गरेभन्दा कम सिटमा बिजय प्राप्त गरेको बताए।  

‘गठबन्धनमा चाहिने भन्दा बढी आशा र रिल्याक्स गर्नुहुँदैन जुन विगतको स्थानीय तहको चुनावमा हामीले भोगेका छौं’, दाहालले भने। उनले चुनावी चाबी माओवादीसँग भएको र त्यो चाबी खोल्नका लागि गठबन्धन र चुनावी तालमेल आवश्यक भएको पनि बताए।  

दाहालले आगामी चुनावमा माओवादी अरु दलसँग तालमेल गर्न नजाने बरु कांग्रेस र एमालेलाई आफ्नो पार्टीसँग मिल्न आउनै पर्ने बनाउनु पर्ने बताए। ‘कांग्रेस र एमालेलाई माओवादीसँग मिल्न आउनै पर्ने बनाउनुपर्छ’, उनले भने।  

दाहालले त्यसैले यस पटकको चुनावमा गठबन्धनसँग धेरै आशा नगर्न पनि कार्यकर्तालाई अर्थाएका छन् र्। गठबन्धन नभएपनि एक्लै भिड्ने हो भन्ने तयारी गरौं’, उनले भने।

प्रकाशित: ९ असार २०७९ ०९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App