coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नागरिकता विधेयकलाई अगाडि बढाउने गठबन्धनकाे निर्णय

सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रश्ताव गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। 

उनले कतिपय नागरिकले बुबाआमा नेपाली नागरिक भएपनि नागरिकता बिहीन हुनुपरेको भन्दै नागरिकताको समस्यालाई समाधान गर्न सरकार अघि बढेको बताए। मन्त्री कार्कीले आजको बैठकमा शान्ति प्रक्रियालाई चाँडै निस्कर्षमा पुर्‍याउनका लागि पनि छलफल भएको बताए।  

उनले भने, ‘यो बैठकमा अहिले विकसित राजनीतिक घटनाक्रमको बारेमा विश्लेषण भयो। सम्माननीय प्रधानमन्त्रीजीले नागरिकताको विधेयकलाई अगाडि बढाउने, प्रश्ताव गर्नुभएको छ। अहिले हाम्रो समाजमा बुवा नागरिक, आमा नागरिक, तर उनीहरुका सन्तान नागरिकता बिहीन भइरहेको अवस्था छ। यसलाई अन्त्य गर्नको निमित्त अग्रसरता लिनका निमित्त आज निर्णय भएको छ। शान्ति प्रक्रियालाई चाँडै निस्कर्षमा पुर्‍याउनका लागि छलफल केन्द्रित भएको छ। त्यसमा कानून मन्त्रीले शान्ति प्रक्रियाको बारेमा अहिलेसम्म भएका नियमनहरुको बारेमा बैठकमा प्रगति परिस्थितिको बारेमा प्रतिवेदन समीक्षाका साथ प्रश्तुत गर्नुभएको छ। मुलरुपले आज नागरिकता विधेयकलाई अघि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निस्कर्षमा पुर्‍याउने बारेमा छलफल केन्द्रित रहेको छ।’

मन्त्री कार्कीले गठबन्धनको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले मन्त्रालयले शान्ति प्रक्रियाको बारेमा अहिलेसम्म प्राप्त विवरणको प्रगतिको प्रतिवेदन पनि प्रस्तुत गरेको बताए।

प्रकाशित: ८ असार २०७९ १५:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App