८ वैशाख २०८१ शनिबार
राजनीति

जिसस रौतहटमा कांग्रेस गठबन्धनको जित सुनिश्चित

जिल्ला समन्वय समिति रौतहटको नेतृत्वको लागि रौतहटमा मनोनयन दर्ता भएको छ। समितिको नेतृत्व लिनका लागि नेपाली काँग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमालेले सम्पूर्ण पदमा मनोनयन दर्ता गराए पनि गठबन्धनको जित सुनिश्चित देखिएको हाे।  

रौतहटमा १८ स्थानीय तह भएकाले जिसस निर्वाचनमा ३६ मत मतदाता रहेका छन्। ३६ मतदाता मध्ये नेपाली काँग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्रको गठबन्धनमा २४ मत रहेका छन्। नेकपा एमालेको पाँच मत मात्र रहेको भएपनि सबै पदमा मनोनयन दर्ता गराएको छ।

गठबन्धनबाट जिसस सभापतिपदमा राम अयोध्या यादव उम्मेदवार बनेका छन्। यादव नेपालीकाँग्रेसकाहुन्। नेकाबाट सदस्यहरुमाअशोक कुमार झा, इन्दु देवी, बिजुलिया पासवान र शेख मोज्जमिलले सदस्य पदको मनोनयन दर्ता गराएका छन्। उपसभापति पाएको नेकपा एसले उपसभापति पदमा महेश बैठा तथा सदस्यहरुमा किरण देवी पंडित र सरफलाल यादव रहेका छन् भने नेकपामाओवादी केन्द्रबाट कमला ढकाल सदस्यमा मनोनयन दर्ता गराएका छन्।  

यसै गरी नेकपा एमालेबाट जिसस सभापतिमा शेरबहादुर पटेल, उपसभापतिमा प्रमिला देवी तथा सदस्यहरुमा कमलेश दास तत्मा, वीरेन्द्र प्रसाद यादव, दलित महिला सदस्यमा कान्ति देवीले मनोनयन दर्ता गराएका छन्।  

नेकपा एमाले प्यानलको पाँचभोट रहेको भएपनि जिल्लाका लोसपा तथा जसपाको भोट एमालेले पाउने सम्भावना रहेको छ। नेकपा एमालेको निकै कम भोट रहेको भएपनि गठबन्धनलाई नेकपा एमालेले निर्विरोध हुन दिएको छैन।

प्रकाशित: ८ असार २०७९ १५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App