coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अर्घाखाँचीमा कांग्रेस जिल्ला उपसभापतिसहित १० जना निलम्बित

स्थानीयतहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोपमा कांग्रेस अर्घाखाँचीले १० जनालाई निलम्बन गरेको छ।  

नेपाली कांग्रेसका जिल्ला उपसभापति बाबुराम पौडेल सहित १० जनालाई निलम्बन गरिएको पार्टीका प्रचार विभाग प्रमुख सुर्य भुसालले जानकारी दिए। उपसभापति पौडेल सहित पूर्व क्षेत्रीय सभापति मणिराम पौडेल, मोदनाथ पौडेल, पाणिनी गाउँपालिका–८ का पूर्व सभापति यज्ञप्रसाद पौडेल, भुमिकास्थानका नगर सचिव तारा प्रसाद घिमिरे, क्षेत्रीय प्रतिनिधि गोपाल घिमिरे,पूर्व पार्टी सभापती विष्णु मरासिनी, हरिप्रसाद मरासिनी लाई १ वर्षका लागी निलम्बन गरिएको छ।  

यस्तै महाधिवेशन प्रतिनिधि सिर्जना बिक र पाणिनी–८ का क्षेत्रीय प्रतिनिधि अच्युत पन्थीलाई ६ महिनाका लागि निलम्बन गरेको अनुशासन समिति प्रमुख बिष्णु भुसालले बताए। ‘पहिलो चरणमा १० जनालाई कारबाही गरिएको छ,उनले भने,‘प्राप्त निवेदन र सिफारिशका आधारमा अर्को चरणमा कारवाही प्रक्रिया अँघी बढाईने छ।’

यता कारबाहीमा परेका जिल्ला उपसभापति पौडेलसहित १० जनाले कारबाही नमान्ने बताएका छन्। विधान विपरित गुटगत प्रतिशोधका आधारमा गरेको कारबाही आफूहरुलाई मान्य नहुने उनीहरुको भनाई छ।  

जिम्मेवार पदमा बसेर पार्टीलाई असहयोग तथा अन्तर्घात गरेको भन्दै एक साताअघि २० जनालाई अनुशासन विभागले स्पष्टीकरण सोधेको थियो।

प्रकाशित: ५ असार २०७९ १४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App