coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दोलखा जिसस प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा नेकपा एस विजयी

जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी निर्वाचित भएका छन्।

बुधबार भएको निर्वाचनमा एमाले उम्मेदवार ऋषिकेश उप्रेतीलाई ४ मतको अन्तरले हराउदै घतानी समन्वय समिति प्रमुखमा निर्वाचित भएका हुन्।

कालिञ्चोक गाउँपालिका ७ का घतानी भुमिगत कालदेखि माओवादीमा सक्रिय नेता हुन्। उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका दोर्जी शेर्पा निर्वाचित भएका छन्। उनले नेकपा एमालेका गोमा केसीलाई हराएका थिए।

समन्वय समितिका ७ जना सदस्यमा सबै कांग्रेसका निर्वाचित भएका छन्। निर्वाचित सदस्यहरुमा कांग्रेसका कल्पना थामी, अनिल तामाङ, कृष्ण श्रेष्ठ, निलम ठकुरी, मेनुका चौलागाई, टसी शेर्पा र सन्तेन्जु शेर्पा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ।  

समन्वय समिति चुनावमा दोलखाका ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर १८ जना मतदाता थिए। ती मध्ये गठबन्धनको ११ मत थियो भने एमालेको ७ मत थियो। गठबन्धनमा कांग्रेसका ३ प्रमुख  ३ उपप्रमुख गरेर ६, माओवादी केन्द्रका ३ प्रमुख र १ उपप्रमुख गरेर ४ साथै नेकपा एकीकृत समाजवादीका एक प्रमुख गरेर ११ थिए। एमालेको २ प्रमुख र ५ उपप्रमुख थिए।

प्रकाशित: १ असार २०७९ ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App