coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भरतपुरको नगर कार्यपालिकाको निर्वाचनमा सत्ता गठबन्धनको प्यानल नै विजयी

भरतपुर महानगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनमा सत्ता गठबन्धनको प्यानल नै विजयी भएको छ।

आज(मंगलबार)भएको नगर कार्यपालिकाको महिला सदस्य र दलित वा अल्पसंख्यक सदस्य पदको निर्वाचनमा सत्ता गठबन्धनको प्यान नै विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जानकारी दिएको छ। ८ जनाको लागि भएको निर्वाचनमा १५ जनाको उम्मेदवारी परेको थियो। विजयी हुनेमा नेपाली कांग्रेसका ५, नेकपा (माओवादी केन्द्र)का २ र नेकपा (एकीकृत समाजवादी)का एक जना निर्वाचित भएका छन्।

महानगरको महिला सदस्यमा नेपाली कांग्रेसकी सिर्जना अधिकारी, मुकमायाँ परियार, शारदा पोख्रेल, नर्वदा सापकोटा र नेकपा माओवादीकी विना नेपाली विजयी भएकी छन्।  त्यस्तै, दलित अल्पसंख्यक तर्फबाट नेपाली कांग्रेसका गोपाल दराई, नेकपा (एकीकृत समाजवादी)की कोपीला उपरकोर्टी र नेकपा(माओवादी केन्द्री)का विष्णु बहादुर भुजेल निर्वाचित भएका छन्।  

भरतपुर महानगरपालिको कार्यपालिकाको सदस्य संख्या १ सय ५५ रहेको छ। यसअघि प्रमुख, उपप्रमुखसहित १सय ४७ जना निर्वाचत भएर आएका थिए। कानुनी व्यवस्था अनुसार, नगर कार्यपालिकाको महिला सदस्य र दलित वा अल्पसंख्यक सदस्य तर्फबाट ८ जना निर्वाचित जनप्रतिनिधिले चयन गर्ने व्यवस्था छ। सोही अनुसार आज निर्वाचन भएको थियो।

भरतपुरमा नगर कार्यपालिकाको महिला सदस्य ५ र दलित वा अल्पसंख्यक सदस्यबाट ३ जनालाई निर्वाचित जनप्रतिनिधिले चयन गर्ने व्यवस्था छ।

प्रकाशित: २४ जेष्ठ २०७९ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App