coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जिसस अर्घाखाँचीमा निर्विरोध एमाले

जिल्ला समन्यव समिति (जिसस) अर्घाखाँचीमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सबै निर्विरोध भएका छन्। प्रमुख/उपप्रमुखसहित सबै ९ जना निर्विरोध निर्वाचित बनेका हुन्। गठबन्धन दलले उम्मेदवारी दर्ता नै नगराएपछी नेकपा एमालेको मात्रै उम्मेदवारी परेको थियो। चुनाव आफ्नो पक्षमा नआउने देखिएपछी कांग्रेस, माओवादी लगायत गठबन्धन दल प्रतिस्पर्धा बाट अलग्गीएका हुन्।

जिल्लाका ६ स्थानीयतहको १२ पदमध्ये गठबन्धनसंग ४ पद मात्र छ। एमाले एक्लैको ८ मत भएपछी जित सुनिश्चत हुँदा गठबन्धनले उम्मेदवारी नै दर्ता गरेन। स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले जिसस नेतृत्व चुन्ने व्यवस्था रहेको छ। भुमिकास्थानको प्रमुख/उपप्रमुख, शितगंगाको प्रमुख र छत्रदेवको प्रमुख मात्र गठबन्धनले जितेको थियो। अन्य ८ प्रमुख/उपप्रमुखमा एमालेले जितेको छ।

नेकपा (एमाले)ले पाणिनी गाउँपालिका–५, मैदानबाट वडा सदस्यमा निर्वाचित जिवनारायण कोइरालालाई जिसस प्रमुखमा उम्मेदवार बनाएको छ। एमाले लुम्बिनी प्रदेश सदस्य समेत रहेका कोईराला जिसस प्रमुख बन्ने पक्कापक्की भएको छ।

यस्तै उपप्रमुखमा छत्रदेव गाउँपालिका–१, चिदिकाबाट सदस्यमा निर्वाचित लक्ष्मी शर्मा ज्ञवालीलाई उम्मेदवार बनाएको छ। नेकपा विभाजनपछि माओवादी छाडेर एमालेतिर लागेकी ज्ञवालीलाई उपप्रमुख बनाउने उद्देश्यले नै एमालेले सदस्य लडाएको थियो।

जिसस सदस्यमा खुलातर्फबाट पाणिनी गाउँपालिका–७ का कमल घिमिरे, सन्धिखर्क नगरपालिका–७ का लक्ष्मण कँडेल र भूमिकास्थान नगरपालिका–८ का झुपलाल खनाललाई उम्मेदवार बनाएको छ। त्यस्तै महिला सदस्यमा मालारानी गाउँपालिका–४ का टुल्कादेवी आचार्य, शितगंगा नगरपालिका–१० का डालकुमारी भण्डारी र मालारानी–१ का सीता आचार्य रहेका छन्। यसैगरी दलित–अल्पसंख्यक सदस्यमा शितगंगा–१३ बाट मिना बिसी परियार उम्मेदवार बनेकी छिन्।

भएका वडा सदस्यहरु पदविहिन बन्ने भएपछी गठबन्धन दलहरुले चुनाव लड्ने आँट गर्न सकेनन्। निर्वाचन आफ्नो पक्षमा नआउने स्पष्ट भएपछी उम्मेदवारी नै दर्ता नगराएको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण खनालले जानकारी दिए। ‘हाम्रो मत एकदम कम छ,' खनालले भने,‘हार्ने निश्चित हुँदाहुँदै भएका वडा सदस्यहरुको पद किन रिक्त गराउने?’  

२०७४ को स्थानीयतह निर्वाचनमा कांग्रेसका तर्फबाट पिताम्बर शर्मा प्रमुख र माओवादीका ऋषिबहादुर पुलामी उपप्रमुख चयन भएका थिए।

प्रकाशित: २२ जेष्ठ २०७९ ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App