८ वैशाख २०८१ शनिबार
राजनीति

उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिलाई आगामी निर्वाचनका लागि प्रमुखमा तयारी गर्न निर्देशन

नेकपा (माओवादी केन्द्र)की नेता पुर्णकुमारी सुवेदीले पार्टीबाट उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई आगामी निर्वाचनका लागि प्रमुखमा तयारी गर्न निर्देशन दिएकी छन्।

शुक्रबार अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले आयोजना गरेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित महिला जनप्रतिनिधिहरुलाई बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपप्रमुखमा निर्वाचित महिलाहरुले आगामी निर्वाचनमा प्रमुखका लागि तयारी गर्नुपर्ने बताएकी हन्। त्यसको निम्ति आउने बाधा, अड्चनमा आफूहरुले साथ दिने उनले बताइन्। उनले महिला जनप्रतिनिधिहरुले महिलाहरुको क्षमता विकास गराउँदै आफू सँगसँगै अगाडि ल्याउनुपर्ने पनि बताइन्। निर्वाचित जनप्रतिनिधिहरुलाई जनतालाई निराश नबनाउन पनि उनले आग्रह गरिन्।  

उनले राजनीतिक परिवर्तनमा महिलाहरुको भूमिका धेरै रहेको उल्लेख गरिन्। अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले शुक्रबार पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच बधाई तथा अभिनन्दन गरेको छ।

प्रकाशित: २० जेष्ठ २०७९ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App