७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमालेबाट निर्वाचित जनप्रतिनिधिद्वारा सपथ ग्रहण समारोह बहिष्कार

जकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको सपथ ग्रहण समारोहलाई एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन्।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि आज जनकपुरधाम उपमहानगरपालिकाको प्राङ्गणमा आयोजना गरेको समारोहलाई एमालेबाट निर्वाचित जनप्रनिधिले बहिष्कार गरेका हुन्।

स्वतन्त्रबाट नवनिर्वाचित मेयर मनोजकुमार साह र पाँच दलीय गठबन्धनको तर्फबाट निर्वाचित उपमेयर किशोरी साहले सरकारको कुनै पदीय हैसियतमा नभएको नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाइएको भन्दै एमालेको तर्फबाट निर्वाचित वडा अध्यक्षहरुले सपथ ग्रहण समारोहमा अनुपस्थिति भएको जनाएको छ।

जनकपुरमा २५ वटा वडा रहेको छ। जसमध्ये ७ वटा वडामा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। 'प्रदेशको मुख्यमन्त्री, संघीय सरकारको बहालवला प्रधानमन्त्री, मन्त्री नेपाल सरकारको कुनै कर्मचारीलाई प्रमुख अतिथि बनाएको भए आफूहरुलाई कुनै आपत्ति हुने थिएन्।' एमालेबाट निर्वाचित जनप्रतिनिधिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ। 'कुनै राजनितीक दलका नेतालाई प्रमुख अतिथि बनाएपछि फरक दलबाट वा स्वतन्त्रबाट निर्वाचित जनप्रतिनिधिहरुको लागि स्विकार्य छैन्।' सत्तारुढ पाँच दलीय गठबन्धनले जनकपुर उपमहानगरपालिका प्रमुख पदको उम्मेदवार जसपाको लालकिशोर साहलाई बनाएपछि कांग्रेसका नगरसभापति समेत रहेका नवनिर्वाचित मेयर साह नगरसभापति एव पार्टीको साधारण सदस्यबाट राजीनमा गरी स्वतन्त्र उम्मेदवारी दिएको थियो।

स्वतन्त्रबाट निर्वाचित मेयर साह बुधबार नेपाली कांग्रेसले जनकपुरमा निकालेको विजय जुलुसमा समेत सहभागी जनाएका थिए। यद्यपि आफू नगरप्रमुखको हैसियतले मात्रै कांग्रेसको विजयी जुलुसमा सहभागी भएको मेयर साहले बताएका छन्।  

प्रकाशित: १२ जेष्ठ २०७९ १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App